Wednesday, March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

राष्ट्रिय सभामा विद्यालय शिक्षा विधेयकको खोजी

Hamro Prabhav by Hamro Prabhav
१२ महिना अगाडि
in समाचार
0
राष्ट्रिय सभामा विद्यालय शिक्षा विधेयकको खोजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१० चैत, काठमाडौँ । राष्ट्रिय सभामा विद्यालय शिक्षा विधेयकको खोजी भएको छ ।

आइतबार राष्ट्रिय सभामा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद बलदेव बोहराले विद्यालय शिक्षा विधेयकको खोजी गरेका हुन् ।

‘८ वर्षदेखि प्रयास गरी संसद्मा दर्ता गरिएको विद्यालय शिक्षा विधेयकमाथि सरकार र संसद् दुवैले उच्च प्राथमिकतामा राखी दफावार छलफल गर्दै चालु अधिवेशनबाटै पारित गर्न सरकारको ध्यानाकर्षण गर्दछु,’ सांसद बोहराले भने ।

संसद्‌मा आएको लामो समयसम्म पनि विधेयक अगाडि बढ्न नसकेको भनेर सत्तारुढ दलकै सांसदले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

हाल यो विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ । २७ भदौ २०८० मा प्रतिनिधिसभामा दर्ता भएको यो विधेयकमाथि सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले २०८० असोज २५ गते दफावार छलफल गर्न शिक्षा समितिमा पठाएको थियो । तर, अझै अगाडि बढ्न सकेको छैन ।

बरु शिक्षा समितिले गत शुक्रबार यो विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिमा सबै दलको प्रतिनिधित्व रहेको छ । उपसमिति सदस्यहरूमा सांसदहरु डिगबहादुर लिम्बू, देवेन्द्र पौडेल, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, रेखा शर्मा, विना जैसवाल, विनिताकुमारी सिंह, सरिता भुसाल सदस्य रहेका छन् ।

उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समय सीमा दिइएको छ ।

तर, यो विधेयक अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भनेर राष्ट्रिय सभामा खोजी भएको हो ।

विद्यालय शिक्षा विधेयक १५२ जना सांसदले १ हजार ७५८ वटा संशोधन प्रस्ताव दर्तागरेका छन् । सांसदहरूले विधेयकको प्रस्तावनादेखि नै संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पूर्वशिक्षामन्त्री तथा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल, कांग्रेस महामन्त्री गगन कुमार थापा, सांसदहरू जीवन परियार, पदम गिरी, गोकुल प्रसाद बास्कोटा, महेन्द्र बहादुर शाही, सुशीला श्रेष्ठ, प्रदिप यादव लगायत २२ सांसदले विधेयकको प्रस्तावनामा संशोधन प्रस्ताव गरेका हुन् ।

नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी र सक्षम बनाउन, समाजवाद निर्माणको ठोस आधार तयार गर्न, प्राविधिक, व्यावसायिक सिप र ज्ञान प्राप्त नागरिक उत्पादन गर्न र शिक्षामा सबै नागरिकलाई समान पहुँच स्थापित गर्न बाञ्छनीय भएकाले, संघीय संसदले ऐन बनाएको भनेर लेखिनुपर्ने उनीहरूको आग्रह छ ।

कतिपयले ‘विद्यालयलाई क्रमशः सेवामूलक (गैरनाफामूलक) बनाउँदै लगिनेछ’ भन्ने वाक्य थप्नुपर्ने प्रस्ताव राखेका छन् ।

निःशुल्क शिक्षाबारे प्रष्ट खाका विधेयकले तय गर्नुपर्ने संशोधन प्रस्ताव पनि सांसदहरूको छ ।

सांसदहरू गगन थापा र जीवन परियारले ‘निःशुल्क शिक्षा भन्नाले विद्यालयले विद्यार्थी वा निजको अभिभावकबाट शिक्षण शुल्कको नाममा कुनै पनि शुल्क नलिइ प्रदान गरिने शिक्षा सम्झनु पर्छ’ भनेर लेख्नुपर्ने प्रस्ताव राखेका छन् ।

निःशुल्क शिक्षा भन्नाले प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म अभिभावकबाट कुनै पनि शीर्षकमा शुल्क नलिइ सबै विद्यालयमा देशैभरि निःशुल्क रूपमा दिइने शिक्षा सम्झनुपर्ने भनेर लेख्नुपर्ने प्रस्ताव अन्य सांसदहरूको पनि छ ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले ‘निजी लगानीका विद्यालय भन्नाले ५ वर्षभित्र सार्वजनिक शैक्षिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालय सम्झनुपर्छ’ भनेर लेख्ने प्रस्ताव राखेका छन् ।

शिक्षाको राष्ट्रिय मापदण्ड गरिनुपर्नेमा समेत सांसदहरूको संशोधन छ ।

प्रधानाध्यापक नियुक्तिको विषय, विद्यालय व्यवस्थापन समितिको विषयमा समेत सांसदहरूको संशोधन प्रस्ताव छ ।

शिक्षकको विषयमा पनि सांसदहरूको संशोधन छ । खासगरी शिक्षक कुन सरकार अन्तर्गत रहने भन्ने विषयमा बहस चलिरहेको छ ।

यी संशोधनकर्ता सांसदहरूसँग संसदीय समितिले एकसरो छलफल सकाएर दफावार छलफल गर्नका लागि उपसमिति गठन गरेको हो ।

Previous Post

नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने

Next Post

सरकारले राष्ट्रपति पौडेल समझ बुझायो वार्षिक प्रतिवेदन

Hamro Prabhav

Hamro Prabhav

Next Post
सरकारले राष्ट्रपति पौडेल समझ बुझायो वार्षिक प्रतिवेदन

सरकारले राष्ट्रपति पौडेल समझ बुझायो वार्षिक प्रतिवेदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

२० फाल्गुन २०८२, बुधबार

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

२० फाल्गुन २०८२, बुधबार

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

२० फाल्गुन २०८२, बुधबार

How To Start Out A Great Online Gambling Business

२० फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

How To Start Out A Great Online Gambling Business

Mostbet Portugal Rehabilitation Casino Revisão E Jogos De Azar

Top Twenty Five Biggest Us Casinos

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति