Wednesday, March 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

कारबाहीको चेतावनीसहित प्रधानमन्त्री कार्यालयले गृह र सामान्य प्रशासन मन्त्रालयलाई पठायो पत्र

Hamro Prabhav by Hamro Prabhav
९ महिना अगाडि
in राजनीति, समाचार
0
कारबाहीको चेतावनीसहित प्रधानमन्त्री कार्यालयले गृह र सामान्य प्रशासन मन्त्रालयलाई पठायो पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नाम नामेसीसहितको विवरण समेत प्रधानमन्त्री कार्यालयले मागेको छ । यदि यो निर्देशन कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत प्रधानमन्त्री कार्यालयले दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई यही जेठ २१ गते चेतावनीयुक्त पत्र लेखेर कानुन विपरीत कर्मचारी खटनपटन नगर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता प्रेम प्रसाद आचार्यले गृह र सामान्य प्रशासन मन्त्रालयमा पत्राचार भएको पुष्टि गर्दै भने, ‘अख्तियारमा भिजिट भिसा प्रकरणमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको भनेर उजुरी परेको थियो र आवश्यक कारबाहीका लागि भनेर अख्तियारले प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । त्यसअनुसार प्रचलित कानुनी व्यवस्था सम्झाउँदै तत्काल कर्मचारीको व्यवस्थापन गर्न भनिएको हो ।’

पत्रमा के छ ?

भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख एवम् गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई समेत मुछिएपछि प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको हो ।

‘गृह मन्त्रालय र अन्तर्गतको अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र केही जिल्ला प्रशासन कार्यालयहरूमा दरबन्दीभन्दा केही गुणा बढी कर्मचारीहरू राख्नुका साथै दरबन्दी नभएको ठाउँमा काज सरूवा गरी पठाउने र सख्त जरूरत भएको ठाउँमा दरबन्दी रिक्त राखी सेवा प्रवाहमा खलल पुर्याउने लगायतका कार्यहरू उपर तत्काल छानबिन गरी कडा कारवाही गरी पाउँ’ भन्ने व्यहोराको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको थियो ।

त्यसपछि आयोगले प्रचलित कानून बमोजिम आवश्यक कारबाहीका लागि जेठ १३ गते प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो । अख्तियारले लेखेको सोही पत्रको आधारमा प्रधानमन्त्री कार्यालयले गृह र सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको हो ।

दुवै मन्त्रालयका सचिवलाई पठाइएको पत्रमा निजामती सेवा ऐन, २०४९ को दफा १८ (क) मा भएको काज खटाउने सम्वन्धी व्यवस्था, सोही दफाको उपदफा ३ मा भएको विभागीय कारवाही सम्बन्धी व्यवस्था, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा १५ एवम् दफा १५ को उपदफा ४ को व्यवस्था र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ (क) को व्यवस्था समेत सचिव कार्कीले सम्झाएका छन् ।

साथै कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न मितिमा बसेका सचिव बैठकबाट भएका निर्णय र ती निर्णय कार्यान्वयन नभई प्रचलित कानून विपरीत हुने गरी कर्मचारी खटनपटन निरन्तर भैराखेको स्मरण समेत गराइएको छ ।

पत्रमा लेखिएको छ, ‘अतः उल्लिखित उजुरी, कानूनी प्रावधान, सचिव बैठकका निर्णय र यसअघि यस कार्यालयबाट कर्मचारी व्यवस्थापनका विषयमा भएका पत्राचारसमेतलाई ध्यान दिई दरबन्दी भन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नाम नामेसीसहितको विवरण यथाशीघ्र उपलब्ध गराउन र ७ (सात) दिन भित्र अनिवार्य रूपमा दरवन्दी बमोजिम कर्मचारी व्यवस्थापन गरी गराई सोको जानकारी यस कार्यालयमासमेत उपलब्ध गराउन अनुरोध गर्दछु ।’

‘साथै, कर्मचारी व्यवस्थापनमा यस्तो प्रवृत्ति पुनरावृत्ति भैरहेमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १५ को उपदफा (४) र निजामती सेवा ऐन, २०४९ को दफा १८क को उपदफा (३) बमोजिमको कारवाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने व्यहोरासमेत आदेशानुसार अनुरोध गर्दछु,’ पत्रमा लेखिएको छ ।

Previous Post

मुम्बईमा गुडिरहेको रेलबाट खसे १० यात्रु

Next Post

दुई सातादेखि प्रहरीमा ११ एसएसपी रिक्त, को–को छन् प्रतिस्पर्धी ?

Hamro Prabhav

Hamro Prabhav

Next Post
दुई सातादेखि प्रहरीमा ११ एसएसपी रिक्त, को–को छन् प्रतिस्पर्धी ?

दुई सातादेखि प्रहरीमा ११ एसएसपी रिक्त, को–को छन् प्रतिस्पर्धी ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

२० फाल्गुन २०८२, बुधबार

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

२० फाल्गुन २०८२, बुधबार

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

२० फाल्गुन २०८२, बुधबार

How To Start Out A Great Online Gambling Business

२० फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

How To Start Out A Great Online Gambling Business

Mostbet Portugal Rehabilitation Casino Revisão E Jogos De Azar

Top Twenty Five Biggest Us Casinos

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति