Tuesday, February 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य

Hamro Prabhav by Hamro Prabhav
५ महिना अगाडि
in समाचार
0
श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१७ भदौ, काठमाडौं । श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ ।

घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको हो ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ विगत आठ वर्षदेखि पातलेपाखरामा घर खरिद गरेर बस्दै आएका थिए ।

उनी ३४ वर्षकी श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षकी छोरी सरुसँगै बस्दै आएका थिए । तर पछिल्लो केही दिनदेखि सुमित्रा भने बेपत्ता भइन् । वरपर छरछिमेक माइती पक्षले उनलाई नदेखेपछि सुमित्रा हराएकाले खोजी गरिदिन भन्दै १६ भदौमा प्रहरी चौकी बाल्कोटमा मौखिक जानकारी गराएका थिए ।

त्यसपछि अनुसन्धान गर्दा उनकै घरको भान्छा कोठामा गाडेको अवस्थामा सुमित्राको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख तथा डीएसपी चक्र मल्लले बताए । अनुसन्धानको क्रममा १२ भदौको राति १२ बजेतिर श्रीमान्–श्रीमती विवाद भएको त्यसपछि हत्या गरिएको खुलेको हो ।

विवाद भएपछि सोही रात किरणले श्रीमती सुमित्रालाई बाँसको भाँटा र हंसियाले हानेर हत्या गरेको पाइएको हो । हत्यापछि कम्बलले पोको पारेर आफ्नै घरको भान्छाकोठामा खाल्डो खनेर शव गाडिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।

घरभित्र गन्ध आएपछि उत्खनन् गरेर हेर्दा सुमित्राको शव भेटिएको डीएसपी मल्लले अनलाइनखबरलाई बताए । १६ भदौको राति साढे ८ बजेतिर शव उत्खनन् गरेर प्रहरीले निकालेको थियो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । श्रीमान्‌लाई प्रहरीले पक्राउ गरेको छ । किरण र सुमित्रा विगत १० वर्षदेखि प्रेम सम्बन्धमा रहेको र दुवैको दोस्रो विवाह भएको प्रहरीले बताएको छ । किरणको पूर्वश्रीमतीबाट २ छोरी र सुमित्राको पूर्वश्रीमान्‌बाट ३ छोरी रहेको पाइएको छ ।

११ भदौमा किरण गाउँमै भएको भजनकृतन कार्यक्रममा उपस्थित भएका थिए । राति साढे ११ बजेतिर घर फर्केका थिए । त्यसपछि १२ बजेतिर श्रीमतीको हत्या गरेको पाइएको प्रहरीले बताएको छ । हत्या गर्ने बेला उनले मादक पदार्थ सेवन गरेको पाइएको छ ।

श्रीमतीको हत्या गरेर किरण घरमै बसेका थिए । कसैलाई खबर गरे छोरीलाई समेत मार्ने भनेर धम्की दिएकाले ९ वर्षकी छोरीले घटना थाहा पाउँदा समेत कतै भन्न नसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको बाँसको लाठ्ठी, हंसिया बरामद गरेको छ । त्यसैगरी शव गाड्न प्रयोग भएको गैंची, बेल्चा, सानो कोदालो बरामद गरेको छ । ‘ओरेन्ज’ लेखेको मदिराको खाली बोत्तल र भरी बोत्तल पनि बरामद भएको छ ।

पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

Previous Post

रेड नोटिस जारी भएकी महिलालाई युएईबाट नेपाल ल्याइयो

Next Post

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

Hamro Prabhav

Hamro Prabhav

Next Post
मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

How To Perform Online Casino Online Games: Reveal Expert Guide

२८ माघ २०८२, मंगलवार
सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

२७ माघ २०८२, सोमबार
‘टेक्निकल इन्टेलिजेन्सबिना प्रहरी प्रो–एक्टिभ हुन सक्दैन’

‘टेक्निकल इन्टेलिजेन्सबिना प्रहरी प्रो–एक्टिभ हुन सक्दैन’

२७ माघ २०८२, सोमबार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

२७ माघ २०८२, सोमबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

How To Perform Online Casino Online Games: Reveal Expert Guide

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

‘टेक्निकल इन्टेलिजेन्सबिना प्रहरी प्रो–एक्टिभ हुन सक्दैन’

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

अख्तियार प्रमुख भन्छन्- हाम्रा कामले समाजमा आशा जगाएको छ

Скачать Mostbet Apk: Ставки и Казино В Телефоне И Пк

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति