काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १५ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या १५ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।
ट्रमा सेन्टरका चिकित्सकले मृत घोषणा गरेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंको टाउकोमा गोली लागेको भेटिएको छ । कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाहीको पेटमा गोली लागेको छ ।
प्रहरीको गोली लागेर कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकमा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना घाइते भएका छन् । बानेश्वरको प्रदर्शनमा घाइते भएका ८७ जनाको उपचार हुँदै छ ।