Thursday, March 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय

प्रभाव संवाददाता by प्रभाव संवाददाता
६ महिना अगाडि
in राजनीति, समाचार
0
सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सर्वोच्च अदालतमा मङ्गलवार भएको आगजनी कारण अभिलेखसहितका डाटा सेन्टर पनि ध्वस्त भएको छ । २४ हजार बढी मुद्दाका फाइल एक साथ नष्ट भएका छन् । प्रदर्शनको निशानामा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र विशेष अदालत परे ।

सर्वोच्च अदालतबाटै अनलाइन माध्यमबाट मुद्दाको पेशी तोकिने गर्दथ्यो । ’मङ्गलवार प्रदर्शनकारीले आगो झोसे पछि अब सबै चिज खरानी भएको छ’, सर्वोच्च अदालतका एक अधिकृतले रातोपाटीसँग भने, ‘हामीसँग बाँकी केही बचेखुचेका कागजात बाहेक सबै खरानी भए ।’ सर्वोच्च अदालतले हेटौँडास्थित डाटा सेन्टरमा आफ्नो डाटाको ब्याकअप राखेको थियो, त्यहाँ समेत तोडफोड र आगजनी भएको छ । दुवैतर्फ एकसाथ आक्रमण भएपछि सर्वोच्चको सर्भर पनि डाउन भएको छ । अब सफ्टवेयरबाट मुद्दाहरू अघि बढाउने अवस्था छैन ।  सर्वोच्चको सफ्टवेयर सञ्चालन नआउने भएपछि सबै जिल्ला, उच्च अदालतमा अनिश्चितकालीन मुद्दाको पेशी स्थगित भएको छ । सर्वोच्चले बुधबार एक सूचना जारी गरेर मुद्दाको पेशी अनिश्चितकालीन समयका लागि स्थगित भएको जनाएको छ ।

सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार मंगलबारको आगजनीले सर्वोच्च अदालतको सबै अभिलेख नष्ट भएको जानकारी दिए । ‘हामीले अदालतलाई डिजिटलाइज गर्दै थियौ, अनलाइनबाटै मुद्दा दर्ता प्रक्रियासमेत अघि बढिसकेको थियो तर, हिजोको आगजनीले डाटा सेन्टर नै ध्वस्त भएकाले अब के गर्ने भनेर न्यायाधीशहरुबिच सामूहिक छलफल गरेर निष्कर्ष निकाल्छौ, उनले भने, पुरानो मुद्दाहरुको फाइल हेरेर हामीले फैसला गर्दै आइरहेका थियौ, त्यो पनि अब केही बाँकी रहेन ।’

हामीले प्रधानन्यायालयले गरेको फैसलाको अभिलेख हेरेर डिजिटलाइज पनि गरेका थियौ । सङ्ग्रह बनाएर राखेका थियौ, त्यो सबै आगजनीका कारण खरानी भएकाले अब के गर्ने भनेर हामी छलफल गर्दैछौ, ती न्यायाधीशले भने ।

सर्वोच्च अदालतको सुरक्षार्थ सीमित सुरक्षाकर्मीका कारण मङ्गलवार ठुलो सङ्ख्यामा आएका प्रदर्शनकारीलाई रोक्न सम्भव भएन । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार उनीहरू सुरुमा कागजपत्र सङ्कलन गर्न लागिपरे । सबै कागजात एकै ठाउँमा थुपारेर आगो लगाए । त्यसपपछि २/३ ठाउँमा आगो लगाएपछि उनीहरू सर्वोच्च अदालतको तेस्रो तल्लामा पुगे । सर्वोच्च अदालतको तेस्रो तल्ला अत्यन्त संवेदनशील मानिन्छ । जहाँ सर्वोच्चले पछिल्लो समय प्रधानन्यायालयले गरेको फैसलालाई डिजिटलाइज गरेर राखिएको थियो । अब त्यो पनि बाँकी रहेन । न्यायाधीशहरुले तयार पारेका फैसलाका अभिलेखहरू कम्प्युटरसँगै जलेर नष्ट भएका छन् । कतिपय फैसला लेखन बाँकी थियो । पछिल्लो समय डिजिटल रूपान्तरणमा उदाहरणीय काम गरिरहेको विशेष अदालत पनि आगजनीबाट ध्वस्त भएका छन् । जहाँ भ्रष्टाचार मुद्दाका फाइलहरू एक निमेषमा खरानी भएका छन् । आगलागीका कारण सर्वोच्चमा विचाराधीन २४ हजार मुद्दाका फाइल नष्ट भएका छन् ।

३/४ ठाउँमा आगो दन्किएपछि उनीहरू सरासर सर्वोच्च अदालतको तेस्रो तलामा पुगेका थिए । सर्वोच्च अदालतको पहिलो तलामा इजलासहरू छन् भने दोस्रोमा प्रधानन्यायाधीशको कार्यकक्ष, बैठक कक्ष र मुख्यरजिष्ट्रारको कार्यालय छन् । तल्लो तलामा आगो बालेपछि प्रदर्शनकारीहरू सोझै तेस्रो तलामा पुगेका थिए । जहाँ  डिजिटलाइज्ड हुने प्रक्रियामा रहेको सर्वोच्च अदालतका सबै अभिलेखहरुको डाटासेन्टर थियो । भुईतलामा आगो झोसेपछि सिधै डाटा सेन्टरमा आगजनी सुरु गरे । जसका कारण हाल सर्वोच्च अदालतको सर्भर डाउन छ । त्यसपछि प्रदर्शनकारीले अदालतको अभिलेख रहेको स्थानमा छानीछानी आगजनी गरे ।

पहिलो पटक छिरेका प्रदर्शनकारीले सर्वोच्चको डाटा सेन्टर ध्वस्त बनाएपछि फर्किएका थिए । दोस्रो पटक सर्वोच्च अदालत प्रवेश गरेका प्रदर्शनकारीले भने कानुन पत्रिकाको कोठामा प्रवेश गरेर आगो लगाए । आगलागीका कारण दशकौँदेखि सङ्कलन गरेर राखिएको नजिर सङ्ग्रह ध्वस्त हुन पुगे । पहिले न्यायपरिषद्को कार्यालय समेत रहेको एनेक्स भवनको भुईंतलामा पुराना मुद्दाका अभिलेख र फैसलाहरू संग्रहित थियो । सर्वोच्च अदालतले गरेका सबैजसो फैसलाहरू अभिलेख शाखामा सुरक्षित रहन्छन् ।

Previous Post

प्रहरीबाट खोसिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा

Next Post

चलचित्र घर अनिश्चितकालका लागि बन्द

प्रभाव संवाददाता

प्रभाव संवाददाता

Next Post
चलचित्र घर अनिश्चितकालका लागि बन्द

चलचित्र घर अनिश्चितकालका लागि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

२० फाल्गुन २०८२, बुधबार

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

२० फाल्गुन २०८२, बुधबार

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

२० फाल्गुन २०८२, बुधबार

How To Start Out A Great Online Gambling Business

२० फाल्गुन २०८२, बुधबार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

Faça Login, Jogue At The Ganhe Um Bônus De Boas-vindas

Mostbet Italy Pt Casino Revisão E Jogos De Azar

How To Win Typically The Podium Car Just About Every Time In Gta Online After Last Dose Update A New Chance Of Successful Gambling”

How To Start Out A Great Online Gambling Business

Mostbet Portugal Rehabilitation Casino Revisão E Jogos De Azar

Top Twenty Five Biggest Us Casinos

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति