Sunday, December 7, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

वैशाख यता बर्दघाटमा भेटिए २७ वटा अति विषालु रसेल्स भाइपर सर्प

Hamro Prabhav by Hamro Prabhav
१ महिना अगाडि
in समाचार
0
वैशाख यता बर्दघाटमा भेटिए २७ वटा अति विषालु रसेल्स भाइपर सर्प
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१२ कार्तिक, बुटवल । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाभित्र वैशाख यता मात्र २७ वटा अति विषालु सर्प प्रजाति रसेल्स भाइपर फेला परेका छन् ।

सर्प उद्धारकर्ता दुर्गा लामिछानेका अनुसार बर्दघाट नगरपालिका-७ बेलानीमा १६ वटा, वडा नं. १४ गंगाबस्तीमा ८ वटा, वडा नं. ५ मा २ वटा र वडा नं. ४ त्रिवेणीरोड बाढीपीडित लाइनमा एउटा रसेल्स भाइपर भेटिएको हो ।

सर्प उद्धारकर्ता लामिछानेको दाबी अनुसार यो वर्षको ८ महिनामा एउटै पालिकाभित्र २७ वटा अति विषालु प्रजातिको रसेल्स भाइपर सर्प फेला परेको यो नै सबैभन्दा ठूलो संख्या हो ।

बर्दघाट नगरपालिकाका दमकल चालक समेत रहेका लामिछानेले बुटवल–नारायणगढ सडक विस्तारको कामले राजमार्ग आसपासको जमिन, खाल्डा खोल्सी र प्वालमा असर गरेर सर्पले वासस्थान परिवर्तन गरेर बाहिर देखिएको हुन सक्ने बताए ।

बर्दघाट वडा नं. १४ मा चार इन्चको पाइप काट्दै गर्दा पाइपभित्र रसेल्स भाइपर सर्प भेटिएको लामिछानेले बताए । अन्य सर्प घर र गोठ आसपासमा भेटिएको उनले बताए । २७ वटा रसेल्स भाइपरलाई उद्धार गरी लामिछानेले पूर्वी नवलपरासीको मध्यवर्ती सामुदायिक वन समूहमार्फत चितवन राष्ट्रिय निकुञ्जमा पुर्‍याएर स्थानान्तरण गराएको बताए । यस बाहेक उनले यो वर्ष रसेल्स भाइपरसहित १९ प्रजातिका ३३८ वटा सर्प विभिन्न व्यक्तिका घर गोठबाट निकालेर सुरक्षित स्थानमा लगेर छाडेका छन् ।

उनका अनुसार रसेल्स भाइपर विश्वका सबैभन्दा विषालु र खतरनाक सर्पमध्ये ७औं स्थानमा पर्छ  ।

यो सर्पले डसेमा यसको विष मानव शरीरको हेमोटोक्सिनमा प्रत्यक्ष असर गर्ने प्रकारको हुने र सिधै मिर्गौलामा गम्भीर क्षति पुर्‍याउने भएकाले मिर्गालाको डायलासिस विधिबाट उपचार हुने बताए । यसले डस्दा रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए ।

रसेल्स भाइपरले अरू प्रजातिका सर्पले जस्तो अण्डाबाट बच्चा बनाउने नभई अन्डा नपारी सिधै एकपटकमा ४०–५० वटासम्म बच्चा जन्माउने हुँदा मानव वस्ती नजिक यसले बच्चा जन्माएमा धेरै जोखिम हुने लामिछानेले बताए ।

रसेल्स भाइपरको शरीरमा खैरोदेखि पहेँलो–खैरो पृष्ठभूमिमा ठूला गोलाकार वा अण्डाकार गाढा खैरो–कालो दाग हुन्छन् । जसको किनार सेतो–फिका पहेँलो रेखाले घेरिएको हुन्छ । त्यसैले धेरैजना यसलाई देख्दा अजिङ्गर सर्प भनेर झुक्किने लामिछाने बताउँछन् ।

यो सर्प नेपालमा मुख्यत: तराईका बालुवासहितको तातो र सुख्खा क्षेत्रमा पाइने उनले बताए । उनका अनुसार पश्चिम नवलपरासीसहित रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर रसेल्स भाइपरको मुख्य बासस्थान हो ।

नेपालबाहिर यो सर्प भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र दक्षिण–पूर्वी एसियाका केही भागमा पनि पाइन्छ  ।

यो सर्प प्राय: धानका खेत, घाँसे मैदान, झाडी वरिपरि र घर वरिपरिको खुला ठाउँमा विशेष गरी बेलुकीपख वा राति देखिने भएकाले यसको डसाइको जोखिम हुने भएकाले उक्त समयमा सावधानी अपनाउनुपर्ने लामिछानेले सुझाए ।

वातावरण संरक्षणका लागि सर्प मार्न नहुने र उद्धारकर्तालाई खबर गर्नुपर्ने लामिछानेको सुझाव छ । लामिछानेले सर्प उद्धार गरेबापत शुल्क नलिने बताए ।

‘टाढा जाँदा कसैले गाडीमा पेट्रोल हाल्न स्वेच्छिकरूपमा थोरै रकम दिनुहुन्छ, त्यो पनि सामाजिक र धार्मिक काममा खर्च गर्छु,’ लामिछानेले भने, ‘सानैदेखिको रुचि भएकाले स्वयंसेवी भावनाले सर्प उद्धारको काममा खटिन्छु ।’

लामिछानेले हालै मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालिकाबाट १२ फुट लामो र ३८ केजी तौलको अजिंगर समेत उद्धार गरेका छन् ।

लामिछानेले सर्प उद्धारकर्ताका सरकारले जीवन बीमा गरिदिए काम गर्न उत्साह र हौसला मिल्ने बताए ।

‘यो जोखिमको काम हो, निश्चित रकम पाउने भन्ने पनि हुँदैन, त्यसैले सरकारले जीवना बीमा गरिदिए काम गर्न सहज हुन्थ्यो,’ लामिछानेले भने ।

Previous Post

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

Next Post

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

Hamro Prabhav

Hamro Prabhav

Next Post
रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

१८ मंसिर २०८२, बुधबार
देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

९ मंसिर २०८२, सोमबार
बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

८ मंसिर २०८२, आईतवार
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

८ मंसिर २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भासिएको ४ महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

बसपार्कमा तन्नाले बेरेर फालिएको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

एमाले महाधिवेशन भाँड्ने प्रयास हुँदैछ : ओली

निर्वाचन आयोगमा ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति