५ माघ, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले मधेश प्रदेशको ६० प्रतिशत भन्दा बढी मत आफूहरूले पाउने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधाममा जारी चुनावीसभालाई सम्बोधन गर्दै उनले मधेशमा रास्वपाको लहर चलेको बताए ।

‘अघिल्लो निर्वाचनमा ३३ लाख मतदाता रहनुभएको मधेशमा हामीले एक लाखभन्दा कम मत पाएका थियौं । त्यसबेला समय कम थियो । हामीले आफूलाई चिनाउन पाएनौं,’ उनले भने, ‘अहिले चिनाउन पाएका छौं । रास्वपा कस्ता कस्ता हस्ती नेता बोकेर आएको रहेछ भनेर यहाँहरूको बीचमा आएका छौं । अब हामीलाई विश्वास छ, मधेश प्रदेशको ६० प्रतिशतभन्दा बढी मत हामीले प्राप्त गर्नेछौं ।’

उनले प्रतिस्पर्धी दलहरूले रास्वपालाई संघीयताको खिलाफमा रहेको आरोप लगाउने गरेको भन्दै त्यसको जवाफ आज जनकपुरधामको उपस्थितिले दिएको जिकिर गरे ।

बालेनलाई सिंगो देशका जनताको आशाको केन्द्रका रूपमा प्रस्तुत गर्दै उनले बालेनलाई सिंगो देशबाट निर्वाचित प्रतिनिधिको रूपमा स्थापित गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here