Sunday, February 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home समाचार

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

Hamro Prabhav by Hamro Prabhav
३ घण्टा अगाडि
in समाचार
0
भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१८ माघ, काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आइतबार ठूलो महत्त्वाकांक्षी योजनाहरूसहितको संघीय बजेट २०२६–२७ प्रस्तुत गरिरहेकी छन् । भारतीय इतिहासमा पहिलो पटक बिदाका दिन आइतबार उनले बजेट प्रस्तुत गरेकी हुन् ।

अर्थमन्त्री सीतारमणले आगामी आर्थिक वर्ष २०२६/२७ लागि पूँजीगत खर्च बढाएर १२२ खर्ब भारु (१२.२ लाख करोड भारु) पुर्‍याएकी छिन् । यो अघिल्लो आर्थिक वर्षको ११२ खर्ब भारुको तुलनामा उल्लेख्य वृद्धि हो ।

सरकारले यस बजेटलाई उत्पादकत्व बढाउने र विश्वव्यापी प्रतिस्पर्धामा भारतलाई अगाडि उभ्याउने ‘३ कर्तव्य’ मा आधारित रहेको बताएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४७ सम्ममा भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यका साथ कडा निर्णयहरू लिन सरकार नहिचकिचाउने बताएका थिए ।

आगामी आर्थिक वर्षको बजेटले भारतको यातायात सञ्जालमा ठूलो परिवर्तन ल्याउने गरी ७ वटा नयाँ हाई-स्पिड रेल कोरिडोर घोषणा गरेको छ । यसमा मुम्बई–पुणे र चेन्नई–बेङ्गलुरुजस्ता प्रमुख शहरहरू समेटिएका छन् ।

यसका साथै, ओडिस, केरला, आन्ध्र प्रदेश र तमिलनाडुलाई जोड्ने गरी एउटा समर्पित ‘रेयर अर्थ कोरिडोर’ निर्माण गर्ने घोषणा गरिएको छ, जसले खनिजजन्य उद्योगको विकासमा सहयोग पुर्‍याउने जनाइएको छ ।

शिक्षा, प्रविधि र युवा लक्षित कार्यक्रममार्फत सरकारले युवाहरूलाई प्रविधि र स्वास्थ्य क्षेत्रमा दक्ष बनाउन विशेष जोड दिएको छ। आगामी वर्षहरूमा एक लाख सहयोगी स्वास्थ्यकर्मीलाई तालिम दिने लक्ष्य राखिएको छ ।

यस्तै, भारत सरकारले ‘सेमिकन्डक्टर मिसन २.०’ को सुरुवात गर्ने घोषणासमेत गरेको छ । भारत सरकारले विश्वव्यापी प्रविधि उद्योगमा रणनीतिक मानिएको सेमिकन्डक्टर उत्पादनमा ४ खर्ब भारु खर्च गर्ने घोषणा गरेको छ, जसमार्फत सेमिकन्डक्टरको एसेम्ब्लिङ मात्रै होइन पूर्ण उत्पादनदेखि आपूर्ति शृंखला विकास गर्ने अर्थमन्त्री सीतारमणले जनाएकी छन् ।

साथै बायो-फर्मा योजनाको घोषणाले भारतलाई विश्वकै प्रविधि हब बनाउने उद्देश्य राखेको देखिन्छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टेम) क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन पनि बजेटले प्राथमिकता दिएको छ ।

भारतको बजेटले बजेटमा कर प्रणालीलाई अझ सरल बनाउने प्रयास गरेको छ । पुरानो कर प्रणालीलाई बिस्तारै हटाउँदै नयाँ कर प्रणालीलाई कम कर र कम झन्झटिलो विकल्पका रूपमा सुदृढ गर्ने सरकारको योजना छ । मध्यम वर्गीय करदाताहरूले कर छुटको सीमा बढ्ने अपेक्षा गरे पनि सरकारले दीर्घकालीन सुधारमा बढी जोड दिएको भारतीय मिडियाहरूको विश्लेषण छ ।

बजेट भाषण सुरु हुनुअघि शेयर बजार केही सतर्क देखिए पनि भाषणका क्रममा स्टक परिसूचक सेन्सेक्समा वृद्धि देखिएको थियो । बजेटले साना तथा मझौला उद्योग, कृषि अनुसन्धान र नवीकरणीय ऊर्जा क्षेत्रका लागि पनि विभिन्न सहुलियत र योजनाहरू अघि सारेको छ ।

अर्थमन्त्री सीतारमणले लगातार नवौं बजेट संसदमा प्रस्तुत गरेकी हुन् । भारतले सन् २०१७ देखि रेल बजेटलाई छुट्टै पेश नगरी संघीय बजेटमै समावेश गर्दै आएको छ ।

Previous Post

Was macht die Rezension des Spiels für das Online-Casino Plinko einzigartig?

Hamro Prabhav

Hamro Prabhav

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

१९ माघ २०८२, आईतवार

Was macht die Rezension des Spiels für das Online-Casino Plinko einzigartig?

१९ माघ २०८२, आईतवार

Die Tollsten Wettanbieter Ohne Oasis Sperrdatei 2025

१९ माघ २०८२, आईतवार

Plataforma De Apostas On The Web E Cassino Zero Brasil

१९ माघ २०८२, आईतवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

भारतमा बजेट प्रस्तुत गर्दै सीतारमण : पूर्वाधार र प्रविधिमा भारी लगानी, १२२ खर्ब पूँजीगत खर्च

Was macht die Rezension des Spiels für das Online-Casino Plinko einzigartig?

Die Tollsten Wettanbieter Ohne Oasis Sperrdatei 2025

Plataforma De Apostas On The Web E Cassino Zero Brasil

How In Order To Claim And Employ 1win Casino Bonuses

Best Crazy Time Strategy The Way To Predict Far Better 2025

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति