काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली दम्पत्तीलाई कोरोना संक्रमण भएको छ। शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा ओलीसहित उनका पत्ति राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ।

सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति बालकोटस्थित आफ्नो निवासमा नै आइसोलेसनमा बसिरहेका छन् ।

सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो।

डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here