राप्ती,चितवन ।  राप्ती नगरपालिका १२ चात्राङ्गमा अवस्थित कालिका राष्टिय प्राथमिक बिध्यालयमा ११९ जना बिद्यार्थीहरुलाई न्यानो स्विटर बितरण गरिएको छ।

जाडो याममा नानी बाबुहरुलाई बिशेस प्राथमिकतामा राखी उक्त कार्यक्रम गरिएको हो। सो कार्यक्रम प्रवासी नेपाल मंच जापानको आर्थिक सहयोगमा गरिएको हो भने ने.क.पा एमाले पुर्ब जिल्ला कमिटी सदस्य तथा ने.क.पा एमाले राप्ती नगर कमिटीको सदस्य बिश्वशान्त लामा र नेकपा एमाले पुर्ब जिल्ला कमिटी सदश्य तथा नेकपा एमाले राप्ती नगर कमिटीको सदस्य  डि. बि मोक्तानको पहलमा भएको हो।

 

उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्ब मन्त्री दावा दोर्जे लामा रहनुभएको थियो भने कार्यक्रम सन्चालन डिबि मिक्तानले गर्नु भएको थियो। साथै उक्त कार्यक्रममा राजनितिक दलका विभिन्न जनप्रतिनिधिहरु र समाजसेवीहरुको उपस्थित रहेको थियो। स्विटर पाइसकेपछी त्यहाँका नानिबाबुहरुको मुहारमा खुशी छएको थियो। उक्त कामको प्रसंसा गर्दै सोही वडाको वडाध्यक्ष अर्जुन चेपाङ र सोहि बिद्यालयका प्रधानध्यापक चन्द्र अधिकारीले धन्यवाद दिनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here