४ फागुन, काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको पुनर्वास नगरपालिकाका २३ वर्षीया बबिता तामाङ, काभ्रेका २२ वर्षीय विक्रम नेपाली, दोलखाका २७ वर्षीय भूवन तामाङ, सिन्धुलीका २० वर्षीय अनिश मगर र भारतका रोशन साह छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतको टोलीले पक्राउ गरेको हो । उनीहरू चोरी, डाँका, मानव बेचबिखन तथा ओसार पसार, लागु औषध ज्यान मार्ने उद्योग कसुरको अभियुक्त हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here