Thursday, October 16, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

हाम्रो प्रभाव

  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति
  • शेयर
  • लगानी
  • संगीत
  • हलिउड /बलिउड
  • साहित्य
हाम्रो प्रभाव
No Result
View All Result
Home राजनीति

३ गतेको ताजा समाचारहरु

हाम्रो समाचार by हाम्रो समाचार
४ बर्ष अगाडि
in राजनीति, वैंकिङ, शिक्षा, शेयर, समाचार
0
३ गतेको ताजा समाचारहरु
175
SHARES
318
VIEWS
Share on FacebookShare on Twitter

एमसीसी विरुद्ध विप्लव सहित ५ पार्टीद्वारा ‘नेपाल बन्द’ आह्वान
सरकारले बुधबार बस्ने प्रतिनिधीसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। सरकारको नेतृत्वकर्तादल नेपाली काँग्रेसले सोबारे निर्णय गरेसँगै एमसीसी अगाडी बढ्ने पक्कापक्की भएको छ।
यसैबीच, एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गर्दै आन्दोलनमा रहेका दलहरुले भोलिका लागि ‘नेपाल बन्द’को आह्वान गरेका छन। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत ५ पार्टीले भोलि (बुधबार) नेपाल बन्द आह्वान गरिएको जानकारी दिएका छन। यसअघि फागुन ४ गते संसद भवन घेराउको कार्यक्रमको तयारी गरिरहेका ती दलहरुले कार्यक्रम फेर्दै बन्दको आह्वान गरेका हुन।

भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने काँग्रेसको निर्णय
सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले भोलि बस्ने संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने निर्णय गरेको छ। मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको हो। बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए। उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा समेत राखेका छन। यस्तै,आजको बैठकमा प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावलाई सफल बनाउने बिषयमा पनि छलफल भएको छ।

गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुने
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ। राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो। प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो। उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ।
एरो थाइको जहाज फागुन ५ गते काठमाडौँस्थित त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा अवतरण गर्नेछ। काठमाडौँबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ।

ठगी रोक्न वैदेशिक रोजगार विभागमै ब्यूरोले खटायो डीएसपीको कमाण्डमा विशेष टोली
वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ। विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ।
केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो। यसलाईसमेत टोलीले निगरानी गर्नेछ। टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ। हाल टोली सादा पोशाकमा रहेको र आवश्यकतानुसार परिचालन हुने ब्यूरोले जनाएको छ।

एमसिसी पास गर्न सबै दलको समर्थन हुने विश्वास छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन। कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले कांग्रेससँगै सबै दलको सहयोगमा एमसिसी अनुमोदन हुने विश्वास व्यक्त गरेको कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिए।
एमसिसीसम्बन्धी प्रस्ताव तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट पारित गरी २०७६ साल असार ३० गते संसद्मा दर्ता गराएको र सो दलमा आबद्ध सबै सांसद हाल विभिन्न दलमा भए पनि एमसिसी प्रस्तावमा समर्थन हुने प्रधानमन्त्रीको विश्वास थियो।

इलाममा फागुन ११ देखि तारा एअरको नियमित उडान हुने
यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको बीस वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आइतबार र बिहीबार काठमाडौँदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एअरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमित उडान हुन लागेको हो ।

राष्ट्रियसभा अध्यक्ष पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मंगलबार अध्यक्ष तिमिल्सिना सहभागी भएका हुन् । सामान्यतया संसद बैठकको अध्यक्षता गर्ने अध्यक्ष तथा उपाध्यक्ष ‘मिनी संसद’का रुपमा रहेको समितिहरूको बैठकमा सहभागी हुने प्रचलन छैन। तर, अध्यक्ष तिमिल्सिनाले समयअनुकुल हुँदा समितिको बैठकहरूमा सहभागी हुने सोचमा रहेको जानकारी दिए ।
विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा सार्वजनिक सेवा प्रशासन विधेयक माथि छलफल भइरहेको थियो। सोही नियमित बैठकमा अध्यक्ष तिमिल्सिना उपस्थित हुँदा आफूहरुलाई खुसी लागेको विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले बताए । उनले अध्यक्ष तिमिल्सिनालाई बैठकमा स्वागत गर्दै समितिले राष्ट्रिय सभामा आएका विधेयक माथि चार चरणमा छलफल गरी प्रतिवेदन सभा समक्ष पेश गर्ने गरेको जानकारी दिए ।

रेखा थापाले गरिन् विवाह
नेपाली सिनेमा क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्मात्री रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन। पूर्वपति छविराज ओझासँगको सम्बन्ध विच्छेद भएको लामोसमयपछि रेखा पुनः वैवाहिक बन्धनमा बाँधिएकी हुन। थापाले आफ्ना प्रेमी बलराम शाहीसँग ‘कोर्ट म्यारिज’ गरेको बताइएको छ। उनीहरुले जिल्ला अदालत काठमाडौंमा पुगेर केहि दिन अघि ‘कोर्ट म्यारिज’ गरेका हुन। जाजरकोट स्थायी घर भएका शाही पेशाले पर्यटन व्यवसायी रहेको बताइएको छ। रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा थिए। निर्माता छवि ओझासँगको करिब १० वर्षको वैवाहिक सम्बन्ध टुटेपछि रेखा केही वर्षयता ‘सिंगल लाइफ’ बिताइरहेकी थिइन्।

टी–ट्वान्टीमा नेपालको वरीयता खस्कियो
आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १३ औं स्थानमा रहेको छ । यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो । ओमानमा सोमबार सम्पन्न चारदेशीय टी–२० सिरिजमा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो।
सिरिज जितेको युएई भने १२ औं स्थानमा उक्लिएको छ । वरीयताको शीर्ष स्थानमा भने इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा पाकिस्तान रहेको छ ।

Previous Post

फागुन २ गतेको पुरा समाचारहरु

Next Post

भारतका चर्चित गायक तथा संगीतकार बप्पी लेहेरीको निधन

हाम्रो समाचार

हाम्रो समाचार

Next Post
भारतका चर्चित गायक तथा संगीतकार बप्पी लेहेरीको निधन

भारतका चर्चित गायक तथा संगीतकार बप्पी लेहेरीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

२४ पुष २०७६, बिहीबार
बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

१२ असार २०७७, शुक्रबार
तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

८ आश्विन २०७७, बिहीबार
नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

१० असार २०७७, बुधबार
महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

0
गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

गोली हानेर अपहरणकारी पक्राउ, बालकको सकुशल उद्धार

0
शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

शर्मिला नेपाली २० वर्ष देखि बाख्राको खोरमा

0
गायक सुमन के.सी. को  रहेको ”जीन्दगी यो” सार्वजनिक

गायक सुमन के.सी. को रहेको ”जीन्दगी यो” सार्वजनिक

0
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

२९ आश्विन २०८२, बुधबार
मधेश संसदीय दलमा पनि फुट्यो जनमत

मधेश संसदीय दलमा पनि फुट्यो जनमत

२९ आश्विन २०८२, बुधबार
राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

२९ आश्विन २०८२, बुधबार
ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

२८ आश्विन २०८२, मंगलवार

Popular Stories

  • सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    सुकुटे दुर्घटनास् मृतकको संख्या १६ पुग्यो, ६ जनाको सनाखत (अपडेट)

    0 shares
    Share 0 Tweet 0
  • बालबालिकालाई असार २२ र २३ गते ‘भिटामिन ए’ खुवाइने

    0 shares
    Share 0 Tweet 0
  • तामाङ घेदुङ प्रदेश ३ को प्रादेशिक अधिवेशन हेटौडामा, बृहत जनप्रदर्शन गरिदै

    0 shares
    Share 0 Tweet 0
  • नेकपा स्थायी समिति बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल हुने

    0 shares
    Share 0 Tweet 0
  • बिधान कार्कीको निर्देशनमा तयार भएको गीत ‘ मैले बोलेको छैन ‘ सार्वजनिक

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू हाम्रो प्रभाव डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विध्युतिय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

हाम्रो बारेमा

आन्तरिक मामिला तथा कानून मन्त्रालय,

सञ्चार रजिष्टारको कार्यालय, बागमती प्रदेश

दर्ता प्रमाणपत्र नं. : ०००४५

संचालक : डिल्लीराम पौडेल

सम्पादक : शेर बहादुर ए.सी.

ठेगाना : तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल : [email protected]

संपर्क नम्बर :९८५१०८५२२४ / ९८१३९६७३२०/ ९८१०१७८३३२ 

  • गृहपृष्ठ
  • समाचार
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

मधेश संसदीय दलमा पनि फुट्यो जनमत

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

ओलीलाई कारबाहीको मागमा गृहमन्त्री- जाहेरी परिसकेको छ, हामी प्रयासरत छौं

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट

रूसले भन्यो : इरानलाई आवश्यक सैन्य सामग्री दिइरहनेछौं

© 2020 Hamroprabhav.com प्रकाशित/सर्वाधिकार सुरक्षित

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • विशेष
    • अपराध
  • वैंकिङ
  • शिक्षा
  • विदेश
  • राजनीति