भारतका चर्चित गायक तथा संगीतकार बप्पी लेहेरीको निधन भएको छ।

आफ्नो डिस्को बीट्सका लागि परिचित लेहेरीको ६९ वर्षको उमेरमा गएराति मुम्बईको एक अस्पतालमा निधन भएको हो।

स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लेहेरी एक महिनाअघि अस्पतालमा भर्ना भएका थिए। उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

तर, मंगलबार उनको स्वास्थ्यमा अकस्मात समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो। तत्काल उनलाई अस्पताल पुर्याइएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here