नेपाली बजारमा आज सुनचाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोलामा १ हजार ६ सय रुपैँयाले गिरावट आएर ९५ हजार १ सय रुपैँया कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७ सय रुपैँयामै कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९४ हजार ६ सय रुपैँया निर्धारण भएको छ ।

यसैगरी आज चाँदी भने प्रतितोलामा ३५ रुपैँयाले घटेर एक हजार २८५ रुपैँयामा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here