काठमाडौं । अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध आएको भन्दै सरकारले डीएपी रासायनिक मलको बिक्री–वितरण तत्कालका लागि स्थगित गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले नजिकिँदै गरेको गहुँ बालीका लागि मल अभाव हुन नदिन कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई डीएपी बिक्री रोक्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण होर्मुज नाका बन्द हुँदा मल आपूर्तिमा अवरोध आएको छ।





