एजेन्सी, मस्को, २९ फागुन ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिमेन्सिया, पार्किन्सन्स र क्यान्सरको स्टेरोइड उपचारका कारण हुने ‘रोइड रेज’ बाट हुने ब्रेन डिसअर्डरबाट पीडित भएको खुफिया स्रोतले दाबी गरेको छ ।

क्रेमलिननजिकका स्रोतहरू उद्धृत गर्दै फाइभ आइज खुफिया गठबन्धनका वरिष्ठ अधिकारीहरुले यस्तो दाबी गरेका हुन । खुफिया गठबन्धनमा अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत, अमेरिकाका गुप्तचर अधिकारी छन् ।

युक्रेनमा हमला गर्ने पुटिनको निर्णयपछाडि मनोवैज्ञानिक व्याख्या रहेको बताइएको छ । खुफिया समूहले ६९ वर्षीय पुटिनको ‘बढ्दो अनियमित व्यवहार’ बारे रिपोर्टहरू सेयर गरिरहेको छ ।

‘यी केवल मानव स्रोतहरू हुन, जसले तपाईंलाई पुटिनको मानसिकताकोे समृद्ध चित्र प्रदान गर्न सक्छ’, सुरक्षा स्रोतलाई उदृत गर्दै बेलायती समाचार संस्था डेलीमेलले लेखेको छ, ‘विगत पाँच वर्षमा उनको निर्णय शक्तिमा निश्चित परिवर्तन आएको छ । ’

पुटिनको वरपरका मानिसहरूले उनी के भन्छन् र उनी आफ्नो वरपरको संसारलाई कसरी बुझ्छन् भन्ने कुराको सहजता र स्पष्टतामा उल्लेखनीय परिवर्तन देख्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here