स्पेनिस ला लिगामा २९ औं चरणको खेल जारी रहँदा २९ खेल खेलेको रियल मड्रिड ६६ अंकसहित लिगको शीर्ष स्थानमा छ।

दोस्रो स्थानको सेभियाको समान खेलबाट ५७ अंक भएको छ भने २८ खेल खेलेको बार्सिलोना ५४ अंकसहित तेस्रो स्थानमा छ।

अहिलेसम्मको अंकतालिकालाई हेर्दा सेभिया भन्दा ९ अंकले अगाडि र बार्साभन्दा १२ अंकले अघि रहेको रियल मड्रिड लिग उपाधि उचाल्ने होडमा सबैभन्दा बढी बलियो छ।

लिग लिडर भएकै कारण आइतबार रातिको एल–क्लासिकोमा मड्रिडले नै बाजिमार्ने अनुमान गरिएको थियो। मड्रिडले जित्छ भन्ने सोच आउनु स्वभाविक पनि थियो किनभने पछिल्लो पाँच एल–क्लासिकोमध्ये मड्रिडले बार्सालाई चार खेलमा पराजित गरेको थियो, एक खेलमा भने उनीहरुले बराबरी खेलेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here