चीनले रुसलाई हतियार प्रदान नगर्ने बताएको छ।

युक्रेनविरुद्ध हमला गर्न चीनले रुसलाई हतियार प्रदान गर्ने अमेरिकी चिन्ताबीच बेइजिङको यस्तो भनाइ आएको हो।

अमेरिकास्थित चिनियाँ राजदूत किन गेङले रुसलाई हतियार नदिने बरु हाल निम्तिएको संकट अन्त्य गर्न भूमिका खेल्न हरसम्भव प्रयास गर्ने जनाए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार मात्र चिनियाँ सकमक्षी सि चिनफिङसँग टेलिफोनमा कुराकानी गर्दै रुसलाई हतियार दिए कडा प्रतिक्रिया जनाउने बताएका थिए।

गतहप्ता अमेरिकी संचारमाध्यममा एउटा रिपोर्ट छापिएको थियो जहाँ रुसले चीनलाई हतियार मागेको विषय उल्लेख थियो। त्यसको चीनले तत्काल खण्डन गरेको हो।

चीनले हाल जारी रुस र युक्रेनबीचको द्वन्द्व वार्तामार्फत् समाधान गरिनुपर्ने बताउँदै आएको छ। अमेरिकाले भने युक्रेनलाई समर्थन जनाउँदै त्यहाँ हतियार पठाउने घोषणा गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here