भारतले झुक्किएर पाकिस्तानमा मिसाइल हानेको विषयमा फिलिपिन्सले भारतसँग त्यस विषयमा जवाफ मागेको छ।

द इडियन एक्सप्रेसका अनुसार फिलिपिन्सले भारतसँग ब्राम्होस क्षेप्यास्त्र किन्न लागेको छ। यही कारण उनसले त्यसमा गडबडी थियो कि भन्ने बारेमा बुझन् त्यस विषयमा जवाफ मागेको हो।

फिलिपिन्स्का रक्षा सचिव डेल्फिन लोरेजानाले फिलिपिन्समा रहेका भारतीय राजदूत शम्भु एस. कुमारलाई यस विषयमा स्पष्टीकरण दिन भनेका छन्।

जवाफमा राजदूत शम्भुले क्षेप्यास्त्रमा कुनै खराबी नभएको बताएका छन्। प्राविधिक गडबडी भएर मात्र क्षेप्यास्त्र पाकिस्तान तिर गएको भारतको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here