नेपालका चर्चित अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा उनी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरको मेयर उठ्ने भएका हुन्।

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौंको मेयरमा भुवनलाई र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीद्वारा जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here