एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालका राजनीतिक पार्टीहरु देशको रक्षाका लागि नभई भाषणका लागि मात्र खुलेका आरोप लगाएका छन्।
‘हरेक राजनीतिक पार्टीको मुख्य कुरा देशलाई बचाउनुहुन्छ । पार्टी खडा गर्ने देश बचाउनका लागि पनि हो, भाषण गर्न मात्रै त होइन,’ उनले भने, ‘आजसम्म भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद भनिरहेका छन् । यता सडकमा विरोध गर्ने र भारत गएर शासकहरूको तलुवा चाटेर आउनेहरुलाई नांगेझार पार्ने समय चुनाव हो ।’
एमालेले देशको अहितमा हुने त्यस्ता नीति र सोचाइको विरोध गरेको भन्दै जनताले एमालेलाई रोज्ने उनको दावी छ । अहिलेको राजनीतिक परिस्थितिले विकासको अभियान ठप्प भएको भन्दै पुनः आफूहरू सत्तामा आएर निरन्तरता दिने गुरुङको भनाइ छ।





