केही वर्ष अघिसम्म आर्थिक कारोबार भन्ने वित्तिकै कि त मौखिक हुन्थ्यो कि त कागजी । भरसक मौखिक रुपमा नै विश्वासका आधारमा आर्थिक कारोबार हुने गरेपनि केही कारोबार भने प्रमाणका लागि लिने र दिनेबीच कागजी तमसुक (सम्झौतापत्र) बनाइन्थ्यो । र,यसैलाई प्रमाण मानेर पैसाको लेनदेन गरिन्थ्यो । तर,अहिले समय बदलिएको छ । समयसँगै हाम्रा आर्थिक कारोबारहरु गर्ने पद्धति र प्रक्रिया फेरिएका छन् ।

तत्कालीन समयमा मौखिक हुँदै तमसुक र तमसुक हुँदै लेजर युगमा प्रवेश गरेका हामी आज एकाएक वित्तीय कारोबार बैंकिङ च्यानलमार्फत् मात्र नभई डिजिटल प्रविधिको माध्यममार्फत् फास्ट कार्यसम्पादन गर्न अभ्यस्त भइसकेका छौं । अझ बढ्दो प्रविधिको प्रयोगले हामीलाई भौतिक रुपमा मात्र होइन,अभौतिक (अदृश्य) कारोबार गर्ने चरणमा समेत धकेली सकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here