दुर्गम हिमाली भेगकाको सरकारी विद्यालयको बारेमा सोच्दा झट्ट दिमागमा के आउँछ ? पाठ्यपुस्तकको अभाव, शिक्षक अभाव वा कमजोर पूर्वाधार र न्यून गुणस्तर शिक्षा । तर सिन्धुपाल्चोकको हिमाली गाउँ हेलम्बुमा रहेको एउटा सरकारी विद्यालयको यथार्थ भने धेरै नेपालीको सरकारी विद्यालयबारे रहेको सोचभन्दा बिलकुल फरक छ ।

शिक्षाले जनचेतना बढाउने र मानिसलाई जीवन लक्ष्य पहिचान गर्न सघाउने भएकाले विश्वभर शिक्षालाई ठूलो महत्व दिइन्छ । तर नेपालका शिक्षालयहरु त्यसमा पनि विशेष सरकारी विद्यालयहरू भने असफल कथाका रुपमा दर्ज छन् । यसमा सरकारी विद्यालयले दिने कमजोर गुणस्तर मुख्य कारण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here