नयाँ संविधानले गरेको राजनीतिक तथा प्रशासनिक व्यवस्था अनुसार देश जनप्रतिनिधिमय बनेको छ । नेपालमा गणतन्त्रको घोषणा तथा नयाँ संविधान जारीपछि संघीयता कार्यान्वयन सुरु भएको थियो । संविधान जारी र संघीयता कार्यान्वयनपछि २०७४ र २०७९ सालमा गरी २ पटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । ७५३ स्थानीय तहको नेतृत्व जनप्रतिनिधिहरुले लिएका छन् । यस्तै २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि अब यसै वर्ष ५ वर्षे कार्यकालका लागि अर्को निर्वाचन हुँदैछ ।
हाल प्रतिनिधि सभामा २ सय ७५ जनप्रतिनिधि र राष्ट्रिय सभामा ५९ जनप्रतिनिधि छन् । यस्तै विभिन्न ७ प्रदेशमा ५ सय ४२ जना प्रदेश सभा सदस्य जनप्रतिनिधि छन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा गरेर ८ सय ७६ जनप्रतिनिधि छन् ।





