काठमाडौं।

सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ। यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो।

सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा झार्दा सेवा प्रदायकहरुको महसुल दर पनि सामान्य घट्नेछ। नेपाल टेलिकमले कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर ९पे एज यु गो०अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महशुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने जानकारी दिएको छ।

त्यस्तै एनसेलले पनि साउन १ देखि लागू हुनेगरी दूरसञ्चार सेवा दस्तुर १० प्रतिशत कायम गरिने जानकारी दिएको छ । अन्य सेवा प्रदायकले समेत सरकारको नयाँ व्यवस्थाअनुसार दूरसञ्चार सेवा शुल्क घटाउने तयारी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here