काठमाडौं।
श्रीलंकाको नयाँ राष्ट्रपतिको रुपमा रनिल विक्रमासिंघे चयन भएका छन्। संसदमा आज भएको मतदानमा उनको पक्षमा १३४ संसदले भोट खसालेको र उनको निकटतम प्रतिद्वन्द्वी दलस अलापेरुमाले ८२ मत प्राप्त गरेको बीबीसीले जनाएको छ।
विक्रामासिंघेको कार्यकाल सन् २०२४ नोभेम्बरमा समाप्त हुनेछ। विक्रमासिंघे पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेका निकट मानिन्छन्।
श्रीलंका आर्थिक संकटमा फसेपछि, यस देशले विदेशी ऋण तिर्न नसकेपछि, त्यहाँ महँगी बढेपछि र अत्यावश्यक सामग्री अभाव भएपछि जनताले विद्रोह गरेका थिए। देशव्यापी आन्दोलन हुँदा जनताले राष्ट्रपति तथा प्रधानमन्त्रीको निवास कब्जामा लिएका थिए तोडफोड मच्चाएका थिए जसकारण राष्ट्रपति राजापाक्षे देश छाडेर भागे र राजिनामा दिन बाध्य भए।





