काठमाडौं।

नेपालको राहदानी विश्वकै कमजोर राहदानीको सूचीमा परेको छ। यति कमजोर कि अन्तर्राष्ट्रिय समुदायले कडा प्रतिबन्ध लगाएको उत्तर कोरियाको भन्दा कमजोर नेपालको पासपोर्ट रहेको छ। हेन्ली एन्ड पार्टनर्सलाई उदृतगर्दै सीएनएनले दिएको जानकारी अनुसार नेपालको राहदानीले विश्वका मात्र ३८ देशमा जान पाइन्छ भने उत्तर कोरियाको राहदानीले ४० देश घुम्न जान सकिन्छ।

बेलायतस्थित विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पार्टनर्सले हालै सार्वजनिक गरेको शक्तिशाली र कमजोर पासपोर्टको सूचीमा नेपाली राहदानी कमजोर सूचीमा परेको हो। अन्तर्राष्ट्रिय हवाई यातायात संघ आईएटीएको तथ्यांकअनुसार सन् २०२२ का लागि सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको छानिएको छ।

सूचीअनुसार विश्वको सबैभन्दा शक्तिशाली राहदानी जापानको हो। जापानको राहदानीले १९३ देश घुम्न जान सकिन्छ। यस्तै विश्वकै सबैभन्दा कमजोर राहदानी तालिबान नेतृत्वको अफगानिस्तानको हो। अफगानिस्तानका नागरिकले राष्ट्रको राहदानीबाट मात्र २७ देश घुम्न जान सक्छन्।

शक्तिशाली राहदानी
१. जापान–१९३ देश घुम्न पाइने

२. सिंगापुर, दक्षिण कोरिया– १९२ देश घुम्न पाइने

३. जर्मनी, स्पेनः १९० देश घुम्न पाइने

४. फिनल्यान्ड, इटाली, लक्जेमबर्ग– १८९ देश घुम्न पाइने

५. अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड्स, स्वीडेन– १८८ देश घुम्न पाइने

६. फ्रान्स, आयरल्यान्ड, पोर्चुगल, बेलायत– १८७ देश घुम्न पाइने

७. बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्वीजरल्यान्ड, अमेरिका– १८६ देश घुम्न पाइने

८. अस्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक, ग्रिस, माल्टा– १८५ देश घुम्न पाइने

९. हंगेरी– १८३ देश घुम्न पाइने

१०. लिथुनिया, पोल्यान्ड, स्लोभाकिया– १८२ देश घुम्न पाइने

कमजोर राहदानी
१. उत्तर कोरिया–४० देश घुम्न पाइने

२. नेपाल, प्यालेस्टाइन– ३८ देश घुम्न पाइने

३. सोमालिया– ३५ देश घुम्न पाइने

४. यमन– ३४ देश घुम्न पाइने

५. पाकिस्तान– ३२ देश घुम्न पाइने

६. सिरिया– ३० देश घुम्न पाइने

७. इराक– २९ देश घुम्न पाइने

८. अफानिस्तान– २७ देश घुम्न पाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here