• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Advertisement
हाम्रो प्रभाव
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट
No Result
View All Result
हाम्रो प्रभाव
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट
No Result
View All Result
हाम्रो प्रभाव
No Result
View All Result
ADVERTISEMENT
Home Uncategorized

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै, यस्तो छ सांस्कृतिक र धार्मिक महत्व

प्रभाव हाम्रो by प्रभाव हाम्रो
१ भाद्र २०७७, सोमबार
in Uncategorized
0
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै, यस्तो छ सांस्कृतिक र धार्मिक महत्व
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज भदौ १ गते,ओल्के सङ्क्रान्ति । सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के सङ्क्रान्ति पर्व मनाइँदैछ ।

ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता रहिआएको छ ।

यसका साथै बिहानै नुहाइधुवाई गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्कोअर्थात् उपहार दिने पनि गरिन्छ । वर्षापछि सङ्कटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित दयाकृष्ण पन्तले बताए ।

यो दिन ओल्कोका रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घ्यू, गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन छ । धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् ।

यो पर्व कुनै धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित नभई यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ । यसलाई सिंह सङ्क्रान्ति पनि भन्ने गरिएको छ । यो पर्व नेपालको सुदूरपश्चिमका साथै भारतको कुमाउँ गढवालतिर पनि मनाइन्छ ।

‘ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई जनाउँछ,’ पण्डित पन्त भन्छन्, ‘ठूलालाई सम्मान र सानालाई माया गर्नु हाम्रा पर्वका मुख्य विशेषता हुन्, ओल्कोलाई शाब्दिक अर्थले उपहार लिनु दिनुमा मात्रै नभई संस्कृति, परम्परा र आस्थाको रूपमा पनि चिनिन्छ ।’

पण्डित पन्तका अनुसार यो पर्व विशेषमा ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दूध, दही, घ्यू, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ भने आजभोलि लुगा कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने गरिन्छ । गुठियारले इष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने गर्दछन् । केही वर्ष अघिसम्म ठूलाबडालाई साना जातकाले चिनो वस्तु चढाउने दिनका रूपमा समेत ओल्कोलाई मनाइँदै आएको थियो ।

ओल्के सङ्क्रान्तिताका सतरती (सातरातको झरी) पर्दछ । यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैँसीका सिङ ओभानो भएमा अनिकाल पर्ने सम्भावना र ऋतुमति धर्तीले नवीन सिर्जना गर्न थाल्ने विश्वास रहिआएको छ । प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्रा देखिनुका साथै धुलोधुवाँ र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नयाँ मुहान) फुट्न थाल्ने पनि विश्वास रहेको छ ।

बूढी हाल्ने दिन

ओल्के सङ्क्रान्तिका दिन गाउँ नजिकका डाँडामा सबैजना मिलेर रूखका हाँगाबिँगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ ।

आज हालेको बूढीलाई असोज सङ्क्रान्तिका साँझ प्रत्येक घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ । यस अनुष्ठानलाई द्वापरकालीन मथुराकी पुतनाको कथासँग पनि जोडिएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै यो ‘बूढी पोल्ने’ पर्व मनाइने गरिएको पण्डित पन्त बताउँछन् । घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ र घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ ।

यसरी बूढी पोलेमा वर्षभरि लुतोलगायतका रोगव्याधिबाट परिवारजन मुक्त हुने मान्यता रहेको छ । भगवान् श्रीकृष्णलाई पुतनाले विषालु स्तनपान गराएको र श्रीकृष्ण भगवान्ले पुतनाको स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा मरेको लासलाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा आज बूढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको छ ।

बत्ती बाल्ने महिनाको समापन

सुदूरपश्चिममा साउन १ गतेबाट शुरु भएको बत्ती बाल्ने महिनाको शनिबार समापन भएको छ । धार्मिक महिनाका रूपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिनाअर्थात् स्थानीय भाषामा कालो महिना भनिन्छ । साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरालगायत तराईंका जिल्लामा समेत साउनलाई विशेष धार्मिक महिनाका रूपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ ।

साउनको महिना देवीदेवता वैकुण्ठमा शयन गर्नेअर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित पन्तले बताए । उनले भने, ‘साउनको महिना सबैतिर हरियाली हुने भएकाले देवीदेवता सुत्ने गर्दछन, हरिशयनी एकादशीदेखि साउनको महिनासम्म भगवान वैकुण्ठमा बस्ने गर्छन् ।’

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि बैरी नलाग्ने जनविश्वास रहिआएको छ । साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अन्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

–राससका लागि बैतडीबाट विनोदसिंह विष्ट

Previous Post

पाँचौँ चरणको उद्धार उडान आजदेखि हुने

Next Post

पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ जोखिममा

प्रभाव हाम्रो

प्रभाव हाम्रो

Next Post
पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ जोखिममा

पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो, तल्लो क्षेत्रका गाउँ जोखिममा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

१६ असार २०७७, मंगलवार
सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

२३ आश्विन २०७७, शुक्रबार
“सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

“सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

१९ माघ २०७६, आईतवार
बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र  बिपन्न परिवारलाई लत्ताकपडा वितरण

बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र बिपन्न परिवारलाई लत्ताकपडा वितरण

७ पुष २०७७, मंगलवार
रोकिराखेको टिपरमा ठोक्किँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

लोकन्थली–कोटेश्वर खण्डमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु

0
महरालाई पक्रन अदालतले दियो अनुमति

महरालाई पक्रन अदालतले दियो अनुमति

0
यसरी रोकियो खुलामञ्चमा गुपचुप ढलान

यसरी रोकियो खुलामञ्चमा गुपचुप ढलान

0
नेपाली मूलकी अस्मिता इंग्ल्यान्डको युवा टिममा

नेपाली मूलकी अस्मिता इंग्ल्यान्डको युवा टिममा

0
रोकिराखेको टिपरमा ठोक्किँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु

लोकन्थली–कोटेश्वर खण्डमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु

१५ माघ २०७७, बिहीबार
संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा

संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा

१५ माघ २०७७, बिहीबार
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

१५ माघ २०७७, बिहीबार
दोस्रो चरणको खोप छिट्टै आउँछ : स्वास्थ्य मन्त्रालय

दोस्रो चरणको खोप छिट्टै आउँछ : स्वास्थ्य मन्त्रालय

१५ माघ २०७७, बिहीबार

Popular Stories

  • ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

    ख्रीष्टियन समाजले धरौटी रकम पठाएपछि पास्टर आचार्य रिहा

    0 shares
    Share 0 Tweet 0
  • सुनिता वाइबाको अभिनय मेंदोमाया ”नाम्स खानरी” सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • “सम्झनामा तारा देवी तथा सम्मान” कार्यक्रम सम्पन

    0 shares
    Share 0 Tweet 0
  • बुङमती फर्सीडोलको इट्टा भट्टाका ६०० मजदुर र बिपन्न परिवारलाई लत्ताकपडा वितरण

    0 shares
    Share 0 Tweet 0
  • पत्रकार सुजिता हमाल नगदसहित सम्मानित

    0 shares
    Share 0 Tweet 0

हाम्रो प्रभाव

स्रोतहरू खुलाइएका बाहेक हाम्रो प्रभाव डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Recent Posts

  • लोकन्थली–कोटेश्वर खण्डमा गाडीको ठक्करबाट एक पुरुषको मृत्यु
  • संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा
  • निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई बोलायो

Follow Us

Facebook Twitter Google+ RSS

हाम्रो बारेमा

कम्पनी  दर्ता नं.: २३७९१२

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश अनलाईन दर्ता नं.: ०००४५

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: शेर बहादुर ए. सी.

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: sajhanepalimediahub@gmail.com

समाचारका तथा बिज्ञापनका लागि इमेल: hamroprabhav@gmail.com

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

© २०१९ हाम्रो प्रभावद्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित/प्रकाशन मितिः २०७६ असोज १५

powered by sastosite.com, keshav magar- 9847497906

  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
  • अर्थ
  • प्रदेश
  • अन्तर्वाता
  • प्रभाव
  • खेलकुद
  • मनोरंजन
No Result
View All Result
  • हाम्रो प्रभाव स्पेसल
  • समाचार
    • विशेष
    • अपराध
  • अर्थ
    • शेयर
    • बजार
    • बिमा
    • वैंकिङ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • अन्तर्वाता
    • विचार
  • प्रभाव
    • शिक्षा
    • आर्थिक
    • धर्म
    • परिवार
    • मनोरंजन
    • संचार
    • सरकार
  • खेलकुद
  • मनोरंजन
    • फिल्म
    • भिडिओ
    • हलिउड/बलिउड
    • संगीत
    • गसिप
    • विज्ञान
      • पर्यटन
      • साहित्य
      • प्रवास
      • रोचक
      • विश्व
      • पत्रपत्रिकाबाट

© 2020 sastosite.com