चाँगुनारायण नगरपालिका–६, भक्तपुरकी यशोदा खनाल र विष्णुप्रसाद खनालले २०७७ फागुन १३ गते प्राइम बैंकबाट एक करोड रुपैयाँ ऋण लिए । तत्कालीन समयमा ९ दशमलब ५ प्रतिशत ब्याज भनेर लिइएको ऋणको ब्याजदर त्यसको तेस्रो महिनाबाटै बढ्न सुरु गर्‍यो। ९ दशमलब ५ प्रतिशतमा लिइएको ऋण एक वर्ष नपुग्दै १४ प्रतिशत पु¥याइयो तर ऋणीलाई ब्याज बढेको जानकारीसमेत दिइएन ।

प्राइम कमर्सियल बैंकको कोटेश्वर शाखाबाट २०७७ फागुन १३ गते स्वीकृत गराइएको एक करोडको ऋण आवास कर्जा अर्थात् होम लोनमा लिइएको थियो । महालक्ष्मी नगरपालिका–४, इमाडोलमा रहेको जग्गासहितको घर धितोमा राखेर ऋण लिँदा बैंकले तत्कालका लागि ब्याजदर ९ दशमलब ५ हुने र बेस रेट अर्थात् बैंकको आधार दर बढ्दा ब्याजदर परिवर्तन हुनसक्ने कुरा उल्लेख गरेको थियो ।

बैंकसँग ऋण लिने समयमा २० वर्षे किस्ताका लागि भनेर मासिक ९३ हजार रुपैयाँ किस्ता तिर्ने गरी लिइएको ऋण तेस्रो महिनाबाटै ब्याजदर बढेपछि मासिक किस्ता १ लाख ७ हजार पु¥याइयो र हाल मासिक १ लाख २० हजार ५ सय रुपैयाँको किस्ता तिर्नुपरेको ऋणी जमानी रहेका यशोदाका श्रीमान विष्णुप्रसाद खनालले रातोपाटीलाई बताए । अहिले फेरि ब्याजदर बढ्ने भनेर बैंकबाट फोन आएको उनको भनाइ छ ।

बैंकले ऋण जारी गर्दा ७ दशमलब ८५ प्रतिशत आधार दर र १ दशमलब ६५ प्रतिशत प्रिमियम जोडेर हुन आउने ९ दशमलब ५ प्रतिशत ब्याज कायम गरेको थियो । यसबीचमा बैंकमा तरलता अभावका कारण कयौंपटक आधार दर परिवर्तन भएको छ । ग्राहकसँग सम्झौता गरिसकेको ऋणमा ग्राहकसँग सहमति नलिई प्रिमियममा परिवर्तन गर्न नपाउने व्यवस्था छ । तर प्राइम बैंकले भने ग्राहकसँग छलफल नै नगरी प्रिमियममा समेत आफूखुसी परिवर्तन गरेको पाइएको छ ।

विष्णुप्रसादका अनुसार प्राइम बैंकले छलफल नै नगरी प्रिमियममा समेत परिवर्तन गरेर बैंकको ब्याजदर १४ दशमलब ०८ प्रतिशत पु¥याएको छ । एक साता अगाडिमात्रै प्राइम बैंकको कोटेश्वर शाखाबाट ग्राहकलाई आएको फोनमा ब्याजदरमा परिवर्तन हुनेबारे जानकारी गराइएको थियो । विष्णुका अनुसार साउन महिनादेखि ऋणको ब्याजदर १४ दशमलब ०८ प्रतिशत हुने जानकारी बैंकले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here