समाचार

उपचार गर्न अस्पताल लगिएका कैदी भागे, घटनाबारे छानबिन गर्न समिति गठन

नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार रहेको घटनाका सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बुधबार उपचारका क्रममा अस्पताल लगेका रामेछापको पिल्पुङग गाउँपालिका–२ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए। उक्त घटनाको अध्ययन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो।

फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदीबन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुका कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button