मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको लापरवाहीका कारण एक नवजात शिशुको मृत्यु भएको छ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ स्थित त्रिभुवननगर निवासी रविन्द्र साहकी पत्नी चंचला देवीले जन्माएको शिशुलाई प्रादेशिक अस्पतालका चिकित्सकले जनकपुरधामस्थित रामानन्द चोकमा रहेको नैना हस्पिटलमा रिफर गरेकोमा उपचारकै क्रममा मृत्यु भएपछि विवाद सतहमा आएको हो ।

पीडित परिवारका अनुसार चंचला देवीलाई प्रश्रव पीडापछि प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले शल्यक्रियामार्फत बच्चा निकाले पनि शिशुको अवस्था गम्भीर रहेको भन्दै नैना अस्पतालमा रिफर गरेको बताइएको छ ।
प्रादेशिक अस्पतालमा एनआइसियू खाली नरहेको भन्दै शिशुलाई डा. मण्डलकै सल्लाह अनुसार नैना अस्पतालमा भर्ना गरिएको रविन्द्रको भनाइ छ । पीडित रविन्द्रले भने, ‘डाक्टरले शिशुलाई डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटलमा लगेर एनआइसियूमा राखेर उपचार गर्न हामीलाई भन्नुभए अनुसार नै सोही दिन हस्पिटलमा लगेर उपचार सुरु गरियो । तर, बुधबार दिउँसो एकाएक आएर शिशुको मृत्यु भयो भन्दै हामीलाई बच्चाको शव लैजान भने ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here