काठमाडौं।
बलिवुड फिल्म कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र ‘इश्क पस्मिना’ को टिजर र गीत काठमाण्डौमा सार्वजनिक भएको छ ।
प्रोडुसर सुरज सुर्या मिश्र, नायक भाविन भानुशाली र नायिका मालती चाहर सहितको टोलीले काठमाण्डौस्थित होटल एम्वासडरमा मिडियाको लागि आयोजित कार्यक्रममा उपस्थित भएर टिजर र गीत सार्वजनिक गरेका हुन् । कार्यक्रममा सहभागी हुनको लागि शुक्रबार काठमाण्डौ ओर्लिएको टोलीले सनिवार बिहान पशुपति नाथको दर्शन पनि गरेको थियो ।
उनले नेपाल र भारत नजिकै रहेको बताउँदै व्यवसायीक सम्बन्धलाई अझै भावनात्मक बनाउन आफू नेपाल आएको बताए । यस्तै नायिका मालतीले यो कथाले सबै युवापुस्ताको मन छुने बताईन् । नायक भविनले दर्शकले फिल्म हेर्दा आफूहरूले गरेको मेहनेत देख्ने विश्वास व्यक्त गरे ।
जी म्युजिक कम्पनीबाट सार्वजनिक भएको गीत ‘जोगी हो गया’ मा चर्चित भारतीय गायक जाबेद अली ले स्वर दिएका छन् । फिल्मको निर्देशन अरबिन्द पाण्डे ले गरेका हुन् ।
‘इश्क पश्मिना’ फिल्मको ट्रेलर ७ सेक्टेम्बरमा सार्वजनिक हुने र सेक्टेम्बर २३ बाट नेपाल र भारतमा प्रदर्शनमा आउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।





