काठमाडौं।
पछिल्लो केही समययता भारतमा अभिनेता रणविर कपुर आलोचित बनेका छन्। उनले अभिनय गरेको चलचित्र ‘ब्रम्हास्त्र’ नहेर्ने अभियान पनि चल्न थालेको छ।
रणवीरले आफूलाई बिफ मिट ‘गाई–गोरु’को मासु खुबै मनपर्छ भनेको भिडिओ सार्वजनिक भएपछि हिन्दु धर्मावलम्बीले रणवीरको विरोध गरिरहेका हुन्।
मंगलबार उनीहरु मध्यप्रदेशको इन्दोरमा रहेको महाकाल मन्दिर गएका थिए। ठूलो भिडले विरोध गरेपछि उनीहरुलाई सुरक्षाकर्मीले सुरक्षा दिनु परेको थियो।
आगामी सेप्टेम्बर ९ मा रणवीर र आलिया अभिनित ‘ब्रम्हास्त्र’ चलचित्र रिलिज हुँदैछ। सो चलचित्रमा रणविरले शिव भगवानको अवतारको भूमिका निर्वाह गरेका छन्।
हिन्दु भगवानको अवतारमा अभिनय गर्ने कलाकारले गाई–गोरुको मासु मनपर्ने अभिव्यक्ति दिएपछि विरोध सुरु भएको हो।





