काठमाडौं ।
सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधानमाथिको अपमान भएको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले राष्ट्रपति भण्डारीको कदमको भण्डाफोर गर्ने निर्णयसमेत गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक ठहर गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भैरहेको एक नेताले जानकारी दिए ।
तर, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिले पाएको समयसीमा मंगलबार मध्यरातिबाट सकिएको हो ।






