काठमाडौं।

रुसले जनमत संग्रह गराएर चार युक्रेनी क्षेत्रलाई आफूमा विलय गराउने योजना बनाएको छ। अल्जाजिराका अनुसार आगामी सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म ती क्षेत्रहरुमा जनमत संग्रह हुनेछ। हाल जनमत संग्रह हुन लागेका क्षेत्र यतिबेला रुसी सेनाको कब्जामा छन्।

रुसी पृथकतावादी रहेका क्षेत्रहरु डोनेट्स्क, लुहान्स्क, दक्षिणी खेरसन तथा जापोरिजिहियामा जनमत संग्रह हुनेछन्। यी क्षेत्रका मानिसहरु रुसमा समाहित हुन चाहने रुसी अपेक्षा छ।

यसरी रुसले युक्रेनको भूभागमा शक्तिको आडमा जनमत संग्रह गर्न खोजेपछि युक्रेन र पश्चिमा राष्ट्रहरुले रुसी कार्यको विरोध जनाएको छ।

रुसका विदेशमन्त्री सर्गी लाभरोभले अब यी चार क्षेत्रका नागरिकहरुले आफ्नो भविष्य आफैंले निर्धारण गर्नसक्ने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here