काठमाडौं ।

धनकुटामा नेकपा माओवादी केन्द्रमा विद्रोह भएको छ। जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्युरो, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारीसहित प्रदेश सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्।

त्यस्तै जिल्लाका पदाधिकारीहरूले समेत आफ्नो पदीय दायित्वबाट राजीनामा दिएका हुन्।

मंसिर ४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका सन्दर्भमा माओवादी केन्द्र धनकुटाको बैठकपछि उनीहरूले सामूहिक राजीनामा दिँदै विज्ञप्ति जारी गरेका छन्। गठबन्धनले एउटा मात्र प्रतिनिधिसभा रहेको धनकुटामा कांग्रेसलाई छोड्ने तयारी गर्दै आएको थियो ।

त्यही सन्दर्भमा जिल्लामा रहेका पोलिट्ब्युरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगाना सहितले आइतबार पार्टीबाट सामूहिक राजीनामा दिएका हुन्।

आइतबारको बैठकपछि १४ जना प्रदेश सदस्य, जिल्ला समन्वय समितिका सबै पदाधिकारी र सदस्यहरूले राजीनामा दिएको विज्ञप्तिमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here