काठमाडौं ।
चितवनमा अटो ग्यारेजमा आगलागी हुँदा ३२ वटा मोटरसाइकल जलेका छन। आज बिहानीपख रत्न नगरपालिका, सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टस तथा कालिका मोटर पार्टसमा आगलागी भएको हो।
आगलागीको कारण थाहा हुन नसकेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगो भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका वारुणयन्त्रले झण्डै तीन घण्टामा नियन्त्रणमा लिएको हो।





