काठमाडौं ।
नेपाली फुटबल खेलाडी विदेश पलायन हुने शृंखला जारी रहँदा मिडफिल्डर विशाल राई पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
राष्ट्रिय टिमका सदस्य समेत रहेका विशालले मच्छिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेल्दै आएका छन् ।
पछिल्लो समय नेपाली राष्ट्रिय टिममा खेलिसकेका र खेलिरहेकादेखि भविष्यमा खेल्न सक्ने युवा खेलाडीहरु पनि अष्ट्रेलिया गइरहेका छन् । नेपालका करिब ४० खेलाडी अहिले अष्ट्रेलियामा कम्युनिटी लिग खेलिरहेका छन् ।
केही समयअघि मात्रै चर्च ब्वाइजमा अनुबन्ध भएका तेज तामाङ र दिनेश राजवंशी, संकटामा अनुबन्ध भएका गौतम श्रेष्ठ, खुमलटारमा अनुबन्ध भएका नितिन थापा मगर अष्ट्रेलिया गएका थिए ।





