काठमाडौं : पूर्वमाओवादीहरुले संक्रमणकालीन न्यायका बारेमा भइरहेको चर्चाबारे आपत्ति जनाएको छन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बाुवाटारमा बसेको पूर्वमाओवादी घटकको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग आयोगमार्फत अगाडि बढाइनुपर्ने बताएका हुन्।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले भनेका छन्, ‘शान्ति सम्झौता परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं। साथै विभिन्न समयमा राज्यसँग भएका सहमति र सम्झौताहरुको कार्यान्वयन हुनुपर्दछ भन्ने कुरामा समेत प्रतिबद्ध छौं।’

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव, नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुती, नेताहरू कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत सहभागी थिए।

यस्तै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरूङ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत पनि सहभागी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here