काठमाडौँ : टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रसारण आज (शुक्रवार) बाट शुरु हुने भएको छ।

बिहीवार काठमाडौँमा भ्वाइस किड्सको प्रिमियर शो गर्दै यसबारे जानकारी गराइएको हो। ६ देखि १४ वर्षसम्मका बालबालिका सहभागी रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो।

प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रस्तोता सुशील नेपाल उपस्थित थिए। डिजिटल अडिसनमा सहभागी प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीले पहिलो एपिसोडमा कोचको सामना गरेका थिए।

शुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ। ग्राण्ड प्रिमियर शोपछि सञ्चारकर्मीसँग कुरा गर्दै गायक प्रमोद खरेलले गिलो माटोलाई आकार दिन सकेझैँ साना बालबालिकालाई गायन क्षेत्रमा अब्बल बनाउन यो शो महत्त्वपूर्ण रहेको बताए।

उनले बालबालिकाले सबै जनेराको गीत गाउने गरेको भन्दै बालबालिकामा सबै गर्नसक्ने प्रतिभा रहेको बताए। उनले आफ्नो समूहले जित्नेभन्दा पनि राम्रो प्रतिभा ल्याउनुपर्छ भन्ने धारणा रहेको बताए।

द भ्वाइस किड्स सिजन २ हरेक शुक्रवार र शनिवार राति ८ बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here