काठमाडौं : सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्।

चीनको संसद, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका थिए। आज विहान भएको मतदानमा ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन्। चीनको यो संसदलाई राष्ट्रपतिको रबर स्ट्याम्पको रुपमा चित्रित गरिदै आएको छ।

सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने समय सीमा खारेज भएपछि यस निर्वाचनमा सी जिनपिङको जित निश्चित मानिएको थियो। उनले मात्सेतुङपछि सीले देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेका छन्।

राष्ट्रपति सीले सोमबार संसदको वार्षिक अधिवेशनमा सम्बोधन गर्ने टन्। तीन वर्षसम्म चलेको कडा कोभिड नीतिका कारण आज चीन आर्थिक संकटको सामना गरिरहेको छ।

गत हप्ता सी जिनपिङले चीनको आर्थिक संकटका लागि अमेरिका र पश्चिमी देशलाई दोष दिएका थिए।

उनले चिनियाँ सशस्त्र बलको कमाण्डर–इन–चीफको रूपमा आफ्नो तेस्रो कार्यकाल सुरु गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here