राजनीतिसमाचार

आरआरमा एमालेको विरासत तोड्न बनेको गठबन्धनमै गडबड

केही दिनयता काठमाडौंको भृकुटीमण्डप परिसर विद्यार्थीले भरिएको छ । त्यसको कारण आगामी ५ चैतमा हुने स्ववियु निर्वाचन हो ।

यो क्षेत्रमा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), विश्वभाषा, नेपाल ल र नजिकै शंकरदेव क्याम्पस छ । यी सबै क्याम्पसमा स्ववियु चुनाव हुने भएकाले विद्यार्थीको भीडभाड बढ्दो छ ।

हो-हल्लादेखि झडपसमेत भइरहने हुँदा सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको प्रष्ट बुझ्न सकिन्छ । ‘चुनाव हुने भनेपछि वरिपरिको वातावरण सधैं अशान्त हुन्छ । अहिले पनि त्यही माहोल छ’, आरआर क्याम्पसका एक प्राध्यापक भन्छन् ।

यी क्याम्पसहरुमध्ये आरआर क्याम्पसलाई विद्यार्थी संगठनहरुले तुलनात्मक रुपमा बढ्ता प्रतिष्ठाको विषय बनाएका छन् । विद्यार्थी संख्याका हिसाबले मात्रै नभएर यो क्याम्पसमा एमालेको विरासत अहिलेसम्म तोडिन नसक्नु पनि चासोको विषय हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button