विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच विवाद चर्किंदा पोखराका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारी नै दर्ता हुन सकेको छैन । ५ चैतमा चुनावको मिति तोकिए पनि अहिलेसम्म उम्मेदवारी दर्ता नभएकाले निर्वाचन नहुने पक्काजस्तै छ ।

सबैभन्दा चर्को विवाद पृथ्वीनारायण क्याम्पसमा छ । १० हजारभन्दा बढी विद्यार्थी रहेको यो क्याम्पसमा तोकिएको समय २७ फागुनमा उम्मेदवारी दर्ता हुन सकेन, विवाद अदालतसम्म पुगेको छ र निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएका छन् ।

उम्मेदवारी दर्ता अगावै निर्वाचन समितिले विद्यार्थीको व्यक्तिगत विवरण बाहिरिएको भन्दै प्रमुख विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको हो । २५ फागुनमा पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको विस्तृत जानकारीसहितको विववरण सार्वजनिक भएको थियो ।

‘एउटा सचिन पौडेल भन्नेले विद्यार्थी समूहको भाइले फोन गरेर भन्नुभयो, यदि त्यसो हो भने प्रमाणसहित हामीलाई पेश गर्नुस् है, त्यसपछि तत्कालै अगाडि बढाउँछौं भनेका थियौं,’ निर्वाचन समितिका सदस्य सचिव बोधराज ढकालले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here