हाम्रो देशमा यतिबेला राजनीतिक दलहरूबीच राष्ट्र निर्माणका विषयमा न्यूनतम राजनीतिक समझदारी छैन । स्वयं दलभित्रै आन्तरिक एकता छैन । दलका अवयवहरु अस्तव्यस्त छन्  । पार्टी सदस्यहरु निराश छन् ।

वर्षेनि लाखौं युवा विदेश पलायन हुँदैछन् । अर्थतन्त्र आयातमुखी छ । विप्रेषणमा निर्भर छ । राजस्वले चालू खर्च धान्दैन । राज्यसँग वैदेशिक ऋण र अनुदानमा आधारित पूँजीगत खर्च उपयोग गर्ने सामर्थ्य छैन । वैदेशिक ऋण चुलिएको छ। राज्यका सम्पूर्ण संयन्त्र भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अर्थात् सुशासन छैन।

नेता, कर्मचारीबीचमा भ्रष्टीकरणको खुला प्रतिस्पर्धा छ । देशमा  शान्ति छैन । द्वन्द्वपीडितले अझसम्म न्याय पाएका छैनन्। देशको वैदेशिक सम्बन्ध सुमधुर र सन्तुलित छैन । राजनीतिक नेतृत्वबाट कुशलताको प्रदर्शन छैन । जनता प्रचलित राजनीतिबाट आजित र वाक्क छन् । नेताहरुको बोली र व्यवहारमा कुनै सामञ्जस्य छैन । नेताप्रति जनविश्वास छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here