१५ चैत, काठमाडौं । नेपालमा उद्योग विभागम दर्ता भएका उद्योगको संख्या झण्डै ९ हजार रहेको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ सम्म ८ हजार ७६४ वटा उद्योग विभागमा दर्ता भएका छन् । यसरी दर्ता भएका उद्योगले विभागलाई गराएको जानकारी अनुसार ६ लाख ५७ हजार ५०७ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्छन् । विभागका अनुसार नेपालमा सबैभन्दा धेरै संख्यामा उद्योग उत्पादनमूलक क्षेत्रमा दर्ता भएका छन् ।
यस्ता उद्योगको संख्या ३ हजार २८० वटा रहेको छ । यी उद्योगले ३ लाख ४८ हजार ६२३ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । दोस्रो स्थानमा सेवामूलक उद्योग सञ्चालनमा रहेका छन् । यी उद्योगले १ लाख ३४ हजार ८१६ जनालाई प्रत्यक्ष रोजगारी दिन्छन् । तेस्रो स्थानमा पर्यटनमूलक उद्योग सञ्चालनमा छन् । पर्यटनमूलक उद्योगको संख्या १ हजार ९२२ वटा रहेको छ ।










