सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएपछि राप्रपाले सर्मथन फिर्ता लिएसँगै आगामी चैत १७ गते दोस्रोपटक विश्वासको मत लिने भएका छन्। उनले आज कर्णाली प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए।

प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम चैत १७ गते विश्वासको मत लिने करिब निश्चित देखिएको हो। मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको धारा १८८ को उपधारा दुईबमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ। कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा के होला भन्ने चासो बढ्न थालेको छ। यहाँ नेकपा एमालेले समर्थन फिर्ता लिएको छैन।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here