राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगिएको हो ।
राष्ट्रपति पौडेलको चिकित्सकको टोली र परिवारका सदस्य पनि सँगै गएका छन् । राष्ट्रपति पौडेलको उपचार अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्समा हुने छ। लामो समय औषधि सेवन गर्दा पनि छातीको सङ्क्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजना सुझाएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
सोमबारमात्रै फलोअपका लागि अस्पताल पुगेर घर फर्किएका पौडेल फेरि छातीमा समस्या देखिएपछि मंगलबार शिक्षण अस्पतालमा भर्ना भएका थिए । १८ चैतमा पनि पेटमा समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।





