काठमाडौं। लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्ततः दर्ता पाउने भएका छन् । यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको हो । योसँगै अब विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् । यस्तो दर्ता (नम्बर प्लेट) का लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ ।





