काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले वैशाख २६ गतेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए। वैशाख २९ देखि ३१ सम्म झापामा बस्ने केन्द्रीय समितिका एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको उनले बताए।

केन्द्रीय कमिटी बैठकमा पार्टीका आन्तरिक गतिविधि, उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। साथै बैठकमा फागुन ६ गतेदेखि वैशाख ६ सम्म भएको ग्रासरुट अभियानको समीक्षा समेत हुने नेताहरूले बताएका छन्। सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here