काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारमाथि व्यंग्य गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले पहिले विद्रोहीले घाइते बनाउने र अहिले सरकारले घाइते बनाउने काम गरेको बताएका हुन्।

पहिला पहिला विद्रोहीले धराप थाप्थे अहिले सरकारले धराप थाप्छ सभामुख महोदय। धुलिखेलदेखि बनेपासम्म दैनिक २५१ जना मानिसलाई घाइते बनायो। यसको प्रबन्ध गरोस् ठेक्का रद्ध गरोस्। यात काम गराओस्,’ उनले भने।

सांसद बाँस्कोटाले सरकारले माओवादी नेता रहेका काभ्रेका दुई जनालाई सहीदको सूचीबाट हटाएकोमा आपत्ति जनाएका छन्। सरकारले झण्डै ६ ७ हजार मान्छेलाई सहीद सूची निकाल्यो। मेरो जिल्लाको माअ‍ोवादी नेता यानप्रसाद गौतम र राजु भुजेल सहीद हो कि गद्दार हो? जवाफ चाहियो। न राज्य जिम्मा लिन्छ न तत्कालिन विद्रोही। यो कसरी निकालियो,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here